Admin Login

दोर्दी गाउँपालिका | गाउँ कार्यपालिकाको कार्यालय गण्डकी प्रदेश, लमजुङ, नेपाल डिजिटल प्रोफाईल सिस्टम

  • 9856046264
  • dordigaupalika073@gmail.com
  • गृह पृष्ठ
  • परिचय
  • चिनारी
  • संस्थागत बिबरण
1. परिचय
१.१ पृष्ठभूमि

दोर्दी गाउँपालिका लमजुङ जिल्लाका चार गाउँपालिकाहरू मध्ये एक हो।विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका हिलेटक्सारको (१-८) वडाहरू, भार्ते, अर्चलबोट, श्रीभञ्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी र बन्सार गाउँ विकास समितिहरूलाई समेटेर दोर्दी गाउँपालिका घोषणा गरिएको हो । दोर्दी गाउँपालिकाको क्षेत्रफल ३५०.९३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १८,३९२ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला र दूधपोखरी गाउँपालिका, पश्चिममा मर्स्याङ्दी गाउँपालिका र बेसीसहर नगरपालिका, उत्तरमा मर्स्याङ्दी गाउँपालिका र गोरखा जिल्ला तथा दक्षिणमा राईनास, सुन्दरबजार नगरपालिका र दूधपोखरी गाउँपालिका रहेका छन्

  • गृह पृष्ठ
  • चिनारी